Logo

पूर्वमन्त्री गुप्ताको टिप्पणी : यो गठबन्धनको घाँडोले प्रधानमन्त्री देउवालाई ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको देखिन्छ



काठमाडौं, २६ चैत्र । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेको गठबन्धनको घाँडोले ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको टिप्पणी गरेका छन् । सरकारले गभर्नरबाट महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेपछि गुप्ताको यस्तो टिप्पणी आएको हो ।

उनले प्रधानमन्त्री देउवालाई गलत समयमा गभर्नर हटाईएको भन्दै ध्यानाकार्षण गराएका छन् । उनले फेशबुकमा लेखेका छन्-

यो गठबन्धनको घाँडोले प्रम शेर बहादुर देउवा जीलाई ०५१ साल पछिको राज्य संचालनको बाटोमा डोर्याएको देखिन्छ। आफ्ना निर्णय र कदमहरूबाट आम मानिसमा पर्ने प्रभावको मूल्यांकन बारे बेवास्था भयो। यो सोच आत्मघाती हो।

यदि शासनले रोषयुक्त मौनतामा रहेका जनता माझ आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्न सक्दैन भने बिपक्षी कथ्यको घोडदौडबाट कुल्चिइनु पर्दछ।
श्रीलंकाको दुरावस्थाका कारणहरू रोमको बेटिकनमा पोपको तहखानामा शताब्दीऔं देखि थन्क्याइएर राखिएको अभेद्य ‘मीथ’ को दस्तावेज होईन। श्रीलंका छर्लंग्न छ आज।
राम्रो अर्थमंत्री हुन “योग्यता र दक्षता” चाहिएला। तर, देशको राम्रो अर्थ व्यवस्था रहे नरहेको कुरा बिनोद चौधरी भन्दा पहिला भोको नागरिकको पिडाले बुझ्छ।
म लामो कुरा नगरूँ ! यति मात्र भन्छु प्रजातन्त्रको कमारो हुँ। प्रधानमंत्री जी, हजूरले गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो। यो गठबन्धनले तपाईलाई नोक्सान पुर्याउँदैछ। अवश्य पनि नेका नोक्सानीमा पर्छ।


प्रतिक्रिया दिनुहोस्