Logo

स्थानीय तहको निर्वाचन सार्न नेकपाको आग्रह, विप्लवको सन्देश बोकेर प्रकाण्ड नेताको घरदैलोमा



काठमाडौं, २७ चैत्र । स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु भैसकेको छ । आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु चुनावमा होमिइसकेका छन् । कतिपय दलले त उम्मेद्धवारको तयसमेत गरिसकेका छन् ।

तर, सुरुमा निर्वाचन नजाने भनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने अहिले निर्वाचनको मुखमा आएर निर्वाचना भाग लिने भन्दै यसका नेताहरुको दौडधुप सुरु भएको छ ।

खासगरी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निर्वाचन आयोगमा पुगेर निर्वाचनमा भाग लिने वातावरण बनाईदिन आग्रह गरेका थिए । तर, आयोगका अधिकारीले भने निर्वाचनको रेल छुटिसकेकोले अब त्यो सम्भव नभएको जवाफ दिएका थिए ।

निर्वाचन आयोगबाट सकारात्मक जवाफ नपाएपनि प्रकाण्डले राजनीतिक भेटवार्तालाई भने निरन्तरता दिईरहेका छन् । उनले आफूहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नको लागि आयोग र सरकारसँग आग्रह गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनको भनाई थियो,‘हामी भाग लिन तयार छौं । तर, त्यसको लागि आयोग र सरकार दुवैले वातावरण बनाउनुपर्छ । मतदाता नामावलीमा नाम थप्नुपर्यो । हाम्रा सम्पूर्ण बन्दी रिहा हुनुपर्यो । निर्वाचन नसारे भाग लिन सक्दैनौं ।’ उनले आफूहरु निर्वाचनमा भाग लिने वातावरण नभए अहिलेको निर्वाचनमा अवरोध गर्न बाध्य हुने पनि चेतावनी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्