काठमाडौं, २७ चैत्र । नेकपा (एमाले) ले देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
एमालेबाट अर्थमन्त्री भएका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।
उनीहरुले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।