Logo

इमरान खानले ‘भारतीयलाई कुनै महाशक्तिले निर्देश गर्न नसक्ने’ भनेपछि…



एजेन्सी, २७ चैत्र । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले भारतीयलाई आत्मसम्मान भएका नागरिक भनेका छन् । उनीहरुलाई सँसारको कुनै महाशक्तिले निर्देश गर्न नसक्ने समेत तर्क गरेका छन् ।

खानले खुलेरै भारतका नागरिकको प्रशंशा गरेका थिए । उनले यसअघि पनि भारतले आफ्नो जनताको हित जे हुन्छ त्यही गर्ने गरेको तर्क गरेका थिए । भारतले रुसबाट तेल खरिद गरेको र अमेरिकासहित क्वाडमा पनि रहेको भन्दै विदेश नीति देशहितका लागि हुने गरेको बताएका थिए ।

प्रधानमन्त्री रहँदै इमरानले भारतको विदेश नीतिको प्रशंशा गरेका थिए । उनले विपक्षीहरुलाई विदेशीबाट संचालित भन्दै अमेरिकाको आलोचना समेत गरेका थिए । अमेरिकाले आफूलाई सत्ताबाट हटाउन खोजेको आरोप लगाएका थिए ।

गएराति संसदमा बहुमतले अविश्वासको प्रस्ताव पारित भएपछि इमरान खान पदमुक्त भएका छन् । उनले आयातित सरकार ल्याउन खोजिएको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्