Logo

कलाकारको राजनीति मोहः कोमल, करिश्मा हुँदै निखिलसम्मको फरक मिसन



काठमाडौं, २८ चैत्र । जब जब चुनाव नजिकिन्छ धेरैलाई उम्मेदवार बन्ने रहर र जोस जाग्न थाल्छ । धेरै नेपालीमा त्यस्तो भावना जाग्छ । कलाकारहरुमा पनि त्यस्तै रहर र जोस जागेको देखिएको छ ।

स्थानीय चुनाव नजिकिदै गर्दा कलाकारहरु राजनीतिमा खुलेर लाग्न थालेका छन् । हालैमात्र करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । उनले न्वारानको नाम सुर्जेकुमारी भन्दै एमाले कार्यकर्ताको मन जित्न खोजेकी छिन् ।

गायिका कोमल वली एमालेमा लागेर राष्ट्रिय सभा सदस्य भइसकेकी छिन् । उनी दाङबाट प्रतिनिधि सभामा चुनाव लड्ने तयारीमा छिन् ।

सदावहार नायक भुवन केसीलाई पनि चुनाव नजिकिदै गर्दा उम्मेदवार बन्ने जोस जागेको छ । उनी स्थानीय चुनावमा उम्मेदवार नबने भएपनि प्रतिनिधि सभामा अगाडि बढ्न सक्ने संकेत गरिरहेका छन् । युक्रेन कलाकारले चलाइरहेको प्रतिक्रिया दिएर त्यस्तो संकेत गरे ।

नेपाली चलचित्रमा महानायकको परिचय बनाएका राजेश हमाल पनि राजनीतिमा होमिने तयारीमा छन् । उनी उचित समयको प्रतिक्षामा छन् । हमालले राजा नफर्कने तर देश हिन्दू राष्ट्र नै रहेको भन्दै महत्वपूर्ण सन्देश दिएका छन् ।

नायक निखिल उप्रेतीले आफ्नो अवतार बदलेका छन् । हिन्दू राष्ट्र अभियानमा छन् निखिल । गेहरु वस्त्र धारण गरेर अभियानमा पुग्छन् निखिल ।
रेखा थापा माओवादी हुँदै राप्रपामा छिन् । उनी राप्रपाबाट चुनावमा उम्मेदवार बन्ने तयारीमा छिन् ।

यसरी कलाकारहरु राजनीतिमा होमिने क्रम चलि नै रहेको छ । यो क्रम घट्ने नभई बढ्ने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्