Logo

चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने विष्णु पौडेलको दाबी



काठमाडौं, २८ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले परमादेशबाट प्रधानमन्त्रीबाट विस्थापित भएका आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जनादेशबाट पूनस्थापित गरिने दाबी गरेका छन् । आज बझाङमा आयोजित जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अबको निर्वाचनलगत्तै अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने पनि दाबी गरे ।

उनले एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको पनि स्मरण गराए । उनले भने,‘यो देशको विकास गर्ने पार्टी नै एमाले हो, एमालेबाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।’



प्रतिक्रिया दिनुहोस्