Logo

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सम्मानित



काठमाडौं, चैत २९ । विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ बाट जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सम्मानित भएका छन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा बागाले निरन्तरता युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

त्यस्तै, रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा कृष्णहरि बराल, बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दना सम्मानित भएका छन ।

त्यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पुर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल बिधाबाट सम्मान गरिएको छ । अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट पत्रकार रामहरि र क्रियाशील पत्रकारितामा श्याम स्मृत सम्मानित भएका छन ।



प्रतिक्रिया दिनुहोस्