Logo

प्रचण्डको सर्कुलरः स्थानीय तहमा आफुखुशी गठबन्धन तोड्न रोक, बैशाख ५ गतेसम्म उम्मेदवार छनौट गर्न निर्देशन



काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव केन्द्रीत सर्कुलर जारी गरेका छन् । दाहालले जारी गरेको सर्कुलरमा स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रियाबारे मातहतका समितिलाई निर्देशन दिएका हुन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रको स्वीकृति बिना आफुखुशी गठबन्धन तोड्न नपाइने सर्कुलरमा स्पष्ट पारिएको छ ।
आफ्नो पार्टीको तर्फबाट स्थानीय तहका उम्मेदवारहरुको नामावली बैशाख ५ गतेभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको छ ।

त्यस्तै, प्रचण्डले आफ्नो पार्टीले जित्ने सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत एउटा वडामा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न समेत निर्देशन दिएका हुन् ।

प्रदेश समितिहरुले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्