Logo

नयाँ वर्षमा समस्त जीव आत्माले शान्ति अनुभूति गर्ने रायमाझीको विश्वास



काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सम्पुर्ण नेपालीले मौलिक प्रर्णाली पद्धति परम्परा र संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना दिँदै लेखक समेत रहेका रायमाझीले नयाँ वर्षमा समस्त जीव आत्मा प्राकृतिक एवं जलचर समुद्र ज्वालामुखीमा समेत शान्ति र स्थिरताले मांगलिक अनुभूति गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नव वर्ष विक्रम संवत २०७९ सालको सुखद अवसरमा समस्त नेपालीहरुमा सुख समृद्धि, सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको निमित्त हार्दिक–मंगलमय कामना गर्दै, मौलिक प्रर्णाली पद्धति परम्परा र संस्कृतिलाई आत्मसात गर्दै समस्त जीव आत्मा प्रकृतिक एवं जलचर समुद्र ज्वालामुखीमा समेत शान्ति र स्थिरताले मांगलिक अनुभूति गर्न सकोस् भनी आराध्यदेव भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु। सर्वे भवन्तु सुखिनः ः– प्रकाश रायमाझी राजनीतिक,विश्लेषक तथा लेखक’



प्रतिक्रिया दिनुहोस्