काठमाडौं, ३० चैत्र । जनप्रतिनिधि राजीनामा पछि मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज निर्वाचन आयोग सर्वोच्च अदालत गएको छ ।
आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो । आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
शेर्पाको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इलजासले आचारसंहिताको बुंदा कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको २१ दिन पछि आयोगले रिटको विरुद्ध उक्त आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गराएको हो ।
उक्त रिट आज न्यायाधीश द्धय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।
आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधीले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने आचारसंहिता लागु गरेको थियो ।