काठमाडौं, १ बैशाख । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले नेपालमा अहिले आर्थिक संकट देखिएको र श्रीलंकाको जस्तो नियती रहेको सुनाउँदै माधव नेपालले चुनाव सार्दा उपयुक्त हुन्छ भनेको उल्लेख गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि एकैपटक निर्वाचन गर्नुपर्ने भनेको स्मरण गराउँदै प्रचण्ड, माधव नेपालहरुले निर्वाचन नचाहेको केसीको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई स्थानीय तहको निर्वाचन स्थगन हुनसक्ने टिप्पणी गरे । उनले भने,”मेरो विचारमा बैशाख ३० गतेको निर्वाचन स्थगत हुन्छ, चुनाव नगराएर मुलुकमा राजनीतिक स्थिरता कायम गर्न खोजिएको छ । मैले देख्दा रिक्तता गरेर खेल्न खोजिएको छ ।”