Logo

केन्द्रमा लाद्ने तालमेलको विपक्षमा उभिए गगन थापा



काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले केन्द्रबाट चुनावी तालमेल लाद्न नहुने बताएका छन् ।

उनले स्थानीय तहको आवश्यकत्ताअनुसार तालमेल गर्दा राम्रो हुने बताएका छन् ।

उनले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको पनि तर्क गरे ।

आज (बिहीबार) काठमाडौंमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूले चुनावी तालमेलको विपक्षमा आफ्नो धारणा पार्टीका बैठकमा राखेको पनि सुनाए ।

तर, पार्टीमा बहुमतले गठबन्धनको आवश्यकत्ता औंल्याएकोले आफूले पनि त्यसलाई मानेको सुनाए ।

उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि धारणा राखेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्