काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन आजको बैठकमा छलफल हुने जनाईएको छ ।
बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी छ ।
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।
तर, गठबन्धनमा आवद्ध दलका केही शीर्ष नेताहरुले भने तालमेल गर्ने जिम्मा दिनुपर्ने भन्दै केन्द्रबाट तालमेल लाद्न नहुने धारणा राखेका छन् ।