काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नाँगरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाब दिएका छन्।
नेता पौडेलले ट्विटरमा लेखेका छन– ‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ।अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ।रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ।’