काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको तालमेलबारे सकारात्मक छलफल भैरहेकोले भोलिसम्म सबै कुरा टुँगो लाग्ने बताएका छन् ।
आज (शनिबार) भरतपुर पुगेका दाहालले यस्तो बताएका हुन् ।
हिजोमात्रै दाहालले चुनावी तालमेल पेचिलो बनेको बताएका थिए ।
तर, आज भने उनले तालमेलबारे सकारात्मक छलफल भएकोले भोलिसम्म टुँगोमा पुगिने विश्वास दिलाएका हुन् ।
उनले भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद नरहेको दाबी गरे ।
पछिल्लो समय भरतपुरको नेतृत्व छोड्न नहुने भनेर चितवन कांग्रेसका नेताहरुको केन्द्रमा डेलिगेशन नै आएको थियो ।
भरतपुरमा हाल प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् ।
उनले पूनः एक कार्यकाल दोहोरिने चाहना राखेकी छिन् ।