Logo

प्रचण्ड, उपेन्द्र र बाबुरामबीच भेटवार्ता



काठमाडौं, ४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलबारे छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको छ ।

आज सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार तीन नेताबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर नै अघि बढ्नेबारे छलफल भएको थियो ।

पछिल्लो समय सत्ता गठबन्धनमा चुनावी तालमेलको विषय पेचिलो बनिरहेको बेला माओवादी र जसपाका नेतृत्व छुट्टै छलफलमा बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कांग्रेसका अधिकांश नेताहरुले भने आगामी निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने धारणा राखेका छन् ।

प्रचण्डले भने कांग्रेसले साँच्चै गठबन्धन गर्न नचाहेको हो भने माओवादीले अरु दलसँग सहकार्य गर्ने चेतावनी दिँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्