Logo

‘केजीएफ २’ ले बाहुबली २ लाई पछि पार्दै ३ दिनमा कमायो १४३ करोड, भारतमा ४०० करोडको व्यापार



एजेन्सी, ४ बैशाख । यश स्टारर फिल्म केजीएफ २ ले भारतमा शानदार ओपनिङ पायो। फिल्मले हिन्दी संस्करणमा तेस्रो दिन ४२ करोड ९० लाख कमाएको थियो । योसँगै फिल्मले हिन्दी क्षेत्रमा मात्रै १४३ करोड ६४ लाख व्यापार गरेको छ । हिन्दी संस्करणमा तीन दिनमा यति धेरै कमाइ गर्ने यो पहिलो फिल्म हो, यसअघि बाहुबली–२ ले करिब १२८ करोड कमाएको थियो ।

योसँगै केजीएफ–२ फिल्मले पान इन्डियामा तीन दिनमा ४०० करोड कलेक्सन गरेको छ । फिल्मले आइतबार ५ सय करोडको आँकडा पार गर्ने उद्घोष गरिएको छ । दोस्रो दिनको विश्वव्यापी कलेक्सन १३९ करोड २५ लाख रहेको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्ममा कन्नड अभिनेता यशका अलावा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ–२ हिन्दी बक्स अफिसमा सुनामीजस्तै रहेको बताए । फिल्मले तेस्रो दिन अर्थात शनिबार ४२ करोड ९२ लाख, दोस्रो दिन ४६ करोड ७९ लाख र ओपनिङ डेमै ५३ करोड ९५ लाख कलेक्सन गरेको छ । यसअघि समीक्षक मनोबालाले फिल्मलाई ऐतिहासिक भनेका थिए ।

फिल्मले तमिलनाडु राज्य बक्स अफिसमा पहिलो दिन ८ करोड २४ लाख, दोस्रो दिन १० करोड ६१ लाख र तेस्रो दिन ११ करोड ५० लाख कमाएको मनोबाला विजयबलनले बताए । योसँगै यो फिल्म केरला राज्यको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । निजामको सर्कलको कुरा गर्ने हो भने फिल्मले तेस्रो दिन ५ करोड ७८ करोड कमाएको छ । निजामको सर्कलमा कमाईको हिसाबले केजीएफ–२ ले राजामौलीको आरआरआर र विजयको बिस्टलाई पनि हराएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्