काठमाडौं, बैशाख ६ । पोखरा महानगरपालिकाको उम्मेदवारीका विषयमा तालमेल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकीका नेताहरुलाई काठमाडौँ बोलाएका छन्।
प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका हुन् । पोखरा महानगरपालिकाका बारेमा पाँच दलीय गठबन्धन अनिर्णित भएपछि अहिले साढे ११ बस्ने तय भएको गठबन्धनको बैठकसमेत सरेको छ ।
पोखरामाथि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ भने कांग्रेस गण्डकीले छाड्न नहुने अडान लिइरहेको छ।