Logo

पाकिस्तानमा राष्ट्रपतिविना साहबाजको मन्त्रिमण्डलले लियो सपथ



एजेन्सी, ६ बैशाख । पाकिस्तानमा १० दिनअघि पूर्वप्रधानमन्त्री इमरान खानको सरकार पतन भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ । शरीफको मन्त्रिपरिषद्मा कुल ३४ मन्त्रीले स्थान पाएका छन् ।

सिनेटका अध्यक्ष सादिक संजरानीले मन्त्रिपरिषद्का सदस्यहरुलाई मन्त्रिपरिषद्को व्यवस्थापन गरेका थिए । विभाग बाँडफाँड हुन बाँकी छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति आरिफ अल्वी कार्यक्रम सकिनुअघि नै प्रस्थान गरेका थिए । शाहबाज सरिफले सपथ ग्रहण गरेका ३७ मन्त्रिपरिषद् सदस्यमध्ये ३० जना मन्त्री र चार राज्यमन्त्री छन् ।

यसबाहेक तीन सल्लाहकारले पनि सपथ लिएका छन् । मन्त्रिपरिषद्मा मुस्लिम लिगका १२, पीपीपीका ९ र अन्य दलको गठबन्धनका १६ सदस्य रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्