ललितपुर, ६ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने डिल्लीराम सिवाकोटी सोमबार राति पक्राउ परेका हुन् ।
सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सन्तोषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।