Logo

अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाबाट मर्नेको संख्या ४४ पुग्यो



एजेन्सी, ७ वैशाख । अफगानिस्तानमा पाकिस्तानको हवाई हमलामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । खोस्ट र कुनार प्रान्तमा पाकिस्तानले हवाई हमला गर्दा ५ बालबालिक र एक महिला गरी ४४ को मृत्यु भएको हो ।

पाकिस्तानी युद्धक विमानले पेसा मिला र मिर सफर क्षेत्रमा शुक्रबार राति हमला गरेको थियो । त्यस क्रममा घटनास्थलमा केहीको र बाँकीको उपचारको क्रममा मृत्यु भएको हो ।

पाकिस्तानी हमलाको तालिवानी सरकारका प्रवक्ता जविउल्लाह मुजाहिनले विरोध गरेका छन् । उनले पाकिस्तानले अफगानिस्तानी जनताको संयमताको परीक्षण नगर्न भन्दै परिणाम भोग्न तयार रहन चेतावनी दिएका छन् ।

अफगानिस्तानको हवाई हमलाले तनाव बढाउने उनको भनाई छ । कूटनीतिक संवाद र सहमतिबाट समस्याको हल निकाल्नुपर्नेमा उनको जोड थियो । पाकिस्तानी हवाई हमलाको संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्