Logo

राप्रपाले आज चुनावी प्रतिवद्धतापत्र जारी गर्दै



काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएको छ । आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गर्ने जनाइएको छ ।

राप्रपाले घोषणापत्रमार्फत पार्टीको प्रतिवद्धता र योजना ल्याउने तयारी गरेको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । राप्रपा नेपालले पनि यस अघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्