काठमाडौ, ८ बैशाख । ललितपुरको अक्सिजन प्लान्टमा आज बिहान भएको विस्फोटको घटनाबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका सिडियो घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेललाई घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
ललितपुर अक्सिजन प्लान्टमा विस्फोटमा परेर आज बिहान एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएको प्रहरीले जनाएको छ ।