Logo

भरतपुरको मेयरमा सिफारिस भएपछि सांसद सुवेदीले दिए राजीनामा



काठमाडौं, ८ बैशाख । बाग्मती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएपछि सुवेदीले राजीनामा दिएका हुन् ।

सुवेदीले आज बाग्मतीका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निर्वाचन आयोगले उम्मेदवार दर्ता गर्न जनप्रतिनिधिले राजीनामा दिन पर्ने नियम जारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्