Logo

महेश बस्नेतको गङ्गा स्नान



काठमाडौं, ९ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले गङ्गा स्नानको तस्बिर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर राखेका हुन् ।

भारत भ्रमणमा गएका बस्नेतले राजनीतिक भेटघाट पनि गरेका छन् । उनले भाजपाका नेताहरुलाई भेटेका हुन् ।

एमालेभित्र हिन्दूराष्ट्रबारे बहस प्रवेश गराएका बस्नेतको भारत भ्रमण र गङ्गा स्नानको तस्बिर सार्वजनिक गर्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्