Logo

जनकपुर कांग्रेसका नेताहरुले पत्रकार सम्मेलन गर्दै, सामुहिक राजीनामा दिने तयारी



काठमाडौं, ९ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै जनकपुरका कांग्रेस नेताहरुले आज राजीनामा दिने तयारी गरेका छन् ।

गठबन्धनको निर्णय अनुसार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि कांग्रेस नगर सभापति मनोज साहलगायतले असन्तुष्टि जनाउँदै पार्टीबाट सामुहिक राजीनामा दिने भएका हुन् ।

उनीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । सभापति नेता विमलेन्द्र निधि समुहका हुन् । कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने पनि जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्