काठमाडौं, ९ बैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी चुनावमा उम्मेदवार बन्न आज पदबाट राजीनामा दिने भएकी छिन् ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले राजीनामा दिने भएकी हुन् ।
पुनः उम्मेदवार बन्न राजीनामा दिनपर्ने निर्वाचन आयोगको प्रावधान अनुसार दाहालले पहिलो कार्यकालबाट राजीनामा दिन लागेकी हुन् ।
गठबन्धनमा भरतपुर महानगरको मेयर माओवादीलाई दिने सहमति भएको छ ।