Logo

एमाले देश अर्कालाई सुम्पिएर शासन गर्ने नकचरो पार्टी होइनः ओली



काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमाथि देश अर्कालाई सुम्पिएर शासन गरिरहेको आरोप लगाएका छन् । एमालेको घोषणापत्र सार्वजनिक गरेपछि बोल्दै गठबन्धनप्रति संकेत गर्दै नक्कली कार्य भइरहेको आरोप लगाए ।

‘हामी राष्ट्रवादका नक्कली कुरा गर्ने, देश अर्कालाई सुम्पिएर शासन गर्ने नकचरो पार्टी होइन,’ ओलीले पाँच दलीय सत्ता गठबन्धनको नामै लिएर भने,‘पाँच दलले देशको अर्थतन्त्र कहाँ पुर्याइसके ?’

एमालेले चुच्चे नक्शा छाप्ने काम गरेको बताए । उनले सीमा देखि मिचिएको भूमिबारे आफूहरुले नै प्रश्न उठाएको बताए ।

गठबन्धनलाई थोत्रा टालाहरुको पुतलीको संज्ञा दिए । उनले भने,‘थोत्रा टालाहरुको पुतलीसँग एमाले डराउँछ रे ?’

अन्तरीक्षमा एमालेको कार्यकालमा स्टेशन समेत भइसकेको बताए । एमालेले पूर्वाधार विकासमा पनि महतवपूर्ण काम गरेको बताए ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्