काठमाडौं, ९ बैशाख । रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । रेडपाण्डाको छाला बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उक्त होटलको कोठामा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।