बझाङ, ९ बैशाख । नेपाली कांग्रेस बझाङले बुंङ्गल नगरपालिकाको मेयरमा मञ्जित ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस नगर कार्यसमितिको बैठकले मेयरमा ताम्राकारसहित छ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसले नेता ताम्राकारसहित हेमन्तबहादुर सिंह, धनबहादुर विष्ट, नरेश थापा, जयबहादुर धामी र गोपाल कुँवरको समेत नाम सिफारिस गरेको छ ।
दलित समुदायका नेता ताम्राकार राष्ट्रिय दलित आयोगका पुर्वकार्यवाहक अध्यक्ष समेत हुन् । अब उनीहरुमध्ये एक जनालाई प्रदेश संसदीय समितिले मेयर पदको टिकट दिनेछ ।