Logo

‘इमरान खानले पाकिस्तानको अर्थतन्त्र ध्वस्त पारेको’ नवाज सरिफको आरोप



एजेन्सी, १० वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफले इमरान खानमाथि अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् । उनले हालैमात्र सत्ताबाट हटेका खानका कारण अर्थतन्त्र ध्वस्त भएको आरोप लगाएका हुन् ।

लन्डनमा पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टो जरदारीसँग संयुक्त पत्रकार सम्मेलन गर्दै सरिफले खानले लगाएको विदेशी षड्यन्त्रको आरोपको आलोचना गरे । उनले खानमाथि पाकिस्तानविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।

खानले अर्थतन्त्र बिगारेको गम्भीर आरोप लगाएका सरिफले त्यसलाई सपार्ने दाबी गरे । सरिफ निर्वासमा छन् । उनका भाई सहवाज सरिफ हालैमात्र पाकिस्तानका प्रधानमन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्