काठमाडौं, १० वैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले स्थापितको नाममा निर्णय गरेको हो ।
स्थापित काठमाडौंका पूर्व मेयर हुन् । उनी प्रदेश सभा सदस्य छन् ।
अब काठमाडौं महानगरपालिकामा काँग्रेसकी सृजना सिंह र एमालेका केशव स्थापितबीच मेयरका लागि प्रतिष्पर्धा हुनेछ ।
यसैगरी, एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई अगाडि सार्ने निर्णय गरेको छ ।-File Photo