Logo

कांग्रेसको संकल्पपत्र सार्वजनिक (फोटोफिचर)



काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा लगायतले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीले आज संकल्पपत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो ।

आजै महानगरपालिकाहरुका उम्मेदवारहरको टूंगो लगाउन कांग्रेसले कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्