Logo

हामीले पानीजहाज र मोनोरेलजस्ता हावादारी कुरा गर्दैनौं, विद्रोही साथीहरूले विवेक गुमाउनु हुन्नः अजयबाबु शिवाकोटी



काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले केन्द्रबाट उम्मेदवारी तोक्ने र भागबन्डा गर्ने कुराले  पार्टीमा अप्ठ्यारो परेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शिवाकोटीले भने, “केन्द्रबाट उम्मेदवारी तोक्ने र भागबन्डा गर्ने कुराले पार्टीमा अप्ठ्यारो परेको छ । यस विषयमा साथीहरुले केन्द्रीय कार्य सम्पादन समितिमा पनि फरक मत राख्नुभएको छ । पार्टीका कतिपय साथीहरुले आवेगमा आएर असन्तुष्टि पोख्नुभएको छ । मलाई साथीहरुले विवेक गुमाउनुहुन्छ भन्ने लाग्दैन । उम्मेदवारी फिर्ता लिने समय पनि हुन्छ । हामी साथीहरुलाई मनाउँछौं ।”
शिवाकोटीले नेपाली कांग्रेसले घोषणापत्रमा आकाशका तारा खसाल्ने कुरा नगरेको पनि बताए । उनले भने, “हामीले आकाशका तारा खसाल्ने कुरा गरेका छैनौं । जनतालाई कोखदेखि शोकसम्म घरघरमा सेवा पुर्याउने भनेका छौं । सुत्केरी भत्ता ५ हजार दिने भनेका छौं । भ्यूटावर, स्वागतद्वारमा भइरहेका अनुत्पादक खर्च घटाउने भनेका छौं । हामीले ५ वर्षपछि कहाँ छ भनेर धुलो टकटकाउनु पर्ने घोषणापत्र बनाएका छैनौं । पानीजहाज, मोनो रेलजस्ता हावादारी कुरा लेखेका छैनौं ।”

 



प्रतिक्रिया दिनुहोस्