
विराटनगर, १२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाएको हो ।
विराटनगर महानगर कमिटीका अध्यक्ष समेत रहेका सागरलाई मेयरमा एमालेले उम्मेदवार बनाएको हो । विद्यार्थी राजनीतिबाट आएका उनको धेरै समय क्याम्पसको स्ववियु सभापति भएर बितेको छ ।