तनहुँ, १२ बैशाख । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना घर परिवारसँग सम्पर्क बिहिन रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका–१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।