काठमाडौं, १२ वैशाख । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि पाएनन् । घरबाट पैसा मगाउन थाले । बल्ल बल्ल स्वदेश फर्कने वातावरण मिलाए ।
घर फर्कने बेलामा उनीहरु सुन तस्करको चंगुलमा परे । तस्करले प्रति व्यक्ति साँढे तीन तोलाको सिक्री र आइफोन दिएर केही हजार रकम दिने प्रलोभन देखायो । दुःख भोगेका युवाहरुले केही रकम पाउने प्रलोभनमा सुनको सिक्री बोक्न तयार भए । उनीहरुसँग न तस्करको फोन नम्बर थियो न कुनै ठेगाना । तस्कर समूहले तस्बिर खिचे, पासपोर्टको पनि फोटो खिचेर…