Logo

भारतमा एक हप्तामा ९५ प्रतिशत कोरोना संक्रमित बढे



एजेन्सी, १४ बैशाख । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो ।

दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो एक हप्तामा भेटिएका कुल कोरोना संक्रमितमध्ये दुई तिहाई दिल्ली, हरियाणा र यूपीबाट आएका छन्।

योसँगै भारतका १२ राज्यमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । विज्ञहरूले पनि कोरोनाको चौथो लहरको सम्भावनालाई नकारेका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्