काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला (कञ्चन)ले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
नयाँ पार्टी घोषणाको तयारीमा जुटेका द्धय नेताले केन्द्रीय समितिमा आफ्नो पक्षमा सहमति जुटाउन बैठक भोलि बोलाएका हुन् । कञ्चन र सदर्शन केन्द्रीय समितिको बैठकपछि मात्रै थप निर्णय लिने तयारीमा छन् ।
पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई पार्टीले कारबाही गरेको समेत उल्लेख गरेका थिए ।