Logo

जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवारबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको लागि देशव्यापी रुपमा उत्साहजनक रुपमा उम्मेद्धवारी दर्ता भैसकेको छ । धार्मिक पर्यटकीय नगरी जनकपुरमा पनि निर्वाचनको माहोल सुरु भैसकेको छ ।

उम्मेद्धवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । जनकपुर उपमहानगरको नेतृत्व लिन दर्जनौं व्यक्तित्वहरु कम्मर कसेर लागेका छन् । प्राइम टिभीले निर्वाचनलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हिजो (बुधबार) राति जनता जान्न चाहन्छन् कार्यक्रम पत्रकार ऋषि धमलाले जनकपुरबाट नै प्रत्यक्ष प्रसारण गरेका थिए । मेयरका उम्मेद्धवारहरु कसले के भने त ? हेर्नुहोस भिडिओमा :



प्रतिक्रिया दिनुहोस्