Logo

कराँची विश्वविद्यालयमा भएको दुर्घटनामा चीनलाई छानबिनको अनुमती



एजेन्सी, १५ वैशाख । कराँची विश्वविद्यालयमा मङ्गलबार भएको बम विष्फोटमा सर्वत्र चासो छ । विश्वविद्यालयको कन्फुसिअस इन्स्टिच्युटमा बम हमला हुँदा ३ चिनियाँसहित ४ व्यक्तिको मृत्यु भएको थियो ।

घटनापछि बुधबार विश्वविद्यालयको प्राज्ञिक गतिविधि सबै ठप्प भयो । उक्त विष्फोटको छानविन बढाइएको छ । अफगानिस्तानमा प्रतिआतंकवादी विभागका प्रमुख राजा उमर खताबले उक्त बम स्थानीय नभएको बताएका छन् । आत्मघाती महिलाको बम हमलामा प्रयोग भएको उल्लेख छ ।

जिओ टीभीका अनुसार घटनामा मृत्यु भएकाहरुमा विश्वविद्यालयका कन्फ्युसियस इन्स्टिच्युटका हुआङ गुइपिङ, डिङ मुपेङ, चेन साई र पाकिस्तानी चालक खालिद छन् । चीनले उक्त घटनाको छानबिन गर्न चहेपनि पाकिस्तान सरकारले अनुमती दिएको छ । यसअघिको इमरान खान नेतृत्वको सरकारले विदेशी सुरक्षाकर्मीलाई उसको भूमिमा पस्न दिएको थिएन ।



प्रतिक्रिया दिनुहोस्