Logo

आचारसंहिता उल्लंघन गर्ने तीनदललाई कारबाहीको सिफारिस



काठमाडौं, १६ बैशाख । निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले तीन राजनीतिक दल, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शंशाक कोइरालालाई कारबाहीको सिफारिस गरेको छ ।

आयोग सचिवालयको बिहीबार बसेको बैठकले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ ।

यसैगरी आगोग सचिवालयले कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही सिफारिस गरेको हो ।

आयोगले राप्रपाले चुनाव प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गरेको, माओवादी केन्द्रले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखेर प्रचार गरेको भन्दै तीनै दललाई स्पष्टिकरण सोधेको थियो ।



प्रतिक्रिया दिनुहोस्