Logo

आलमको मुद्दामा सुनुवाइ जारी



काठमाडौं, १६ वैशाख । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकै छैन ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ । file photo



प्रतिक्रिया दिनुहोस्