काठमाडौं, १६ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुरानो पार्टी सबै हिसाबले कुहिएको र व्यक्तिवादमा फसेकोले कम्युनिष्ट आन्दोलनको रक्षार्थ नयाँ पार्टी स्थापना गरेको बताएका छन् ।
नेकपा माओवादीबाट बहिर्गमित जनमुक्ति सेना नेपालसँग पार्टीे एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टी गठन गरेको ८ महिनामा धेरै सफलता हासिल गरेको दाबी गरे ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादीबाट बहिर्गमित जनमुक्ति सेना नेपालबीच आज एकता भएको छ । दुई पार्टीको एकता कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको हो ।
कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपमहासचिव गंगालाल तुलाधारलगायत बहिर्गमित जनमुक्ति सेनाका नेतृत्वहरुको सहभागिता थियो ।
नेपालले टिका र खादा लगाएर कयौ जनमुक्ति सेनाहरुलाई पार्टी प्रवेश गराएका थिए ।
Photo: Mukunda Kalikote