Logo

युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ



काठमाडौं, १६ वैशाख । एक युवक अपहरण गरेको अभियोगमा सिनामंगलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपहरणको अभियोगमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने पक्राउ परेका हुन् ।

उनीहरुमाथि सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको प्रहरीले आरोप लगाएको छ। अपहरित र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्