Logo

चर्चामा रहेका स्वतन्त्र र ‘बागी’ उम्मेदवारले बाजी मार्लान् ?



काठमाडौं, १८ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका जगन्नाथ पौडेल चर्चामा छन् । पार्टी निर्णय विपरित उम्मेदवारी दर्ता गरेको भन्दै उनको नेपाली काँग्रेसको सदस्यता खारेज भइसकेको छ । उनलाई समर्थन गर्ने काँग्रेसका वयोवृद्ध नेता तथा चितवनका पूर्व जिल्ला सभापति कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

पौडेल गठबन्धनलाई चुनौती दिदै उम्मेदवार बनेका हुन् । त्यहाँ नेपाली काँग्रेससहितको गठबन्धनले रेनु दाहाललाई मेयरमा समर्थन गर्ने निर्णय गरिसकेको छ । पौडेलको उम्मेदवारीले दाहाललाई चुनौती बनेको छ । २०७४ को चुनावमा २ सय भन्दा केही बढी मतान्तरले दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । मत गणनामा मत च्यात्ने र चपाउने सम्मको घटना भयो ।

विराटनगरमा जसपा छाडेका उमेश यादवले मेयरमा र माओवादी छाडेकी नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादव २०७४ को चुनावमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर तेस्रो बढी मत ल्याउन सके । नमिता न्यौपाने माओवादीबाट उपमेयर उम्मेदवार बनी पराजयका बाबजुद लोकप्रीय मत ल्याउन सकिने । उनीहरुको उम्मेदवारीले गठबन्धनका मेयरका उम्मेदवार काँग्रेसका नागेश कोइराला र उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई चुनौती बनेको छ ।

धनगढी उपमहानगरपालिकामा गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आँप चिन्ह पाएका हमाल त्यहाँ निकै लोकप्रीय छन् । उनको उम्मेदवारीले गठबन्धन र प्रमुख दलहरुलाई ठूलो चुनौती बनेको छ ।



प्रतिक्रिया दिनुहोस्