रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ।
माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।