Logo

स्थानीय चुनाव विशेष : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउने (सुचीसहित)



काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा धेरै खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले महानगर, उपमहानगर, पालिका, वडाका उम्मेदवार सबैले गर्न पाउने खर्च तोेकेको हो । उम्मेदवारहरुले आयोगले तोकेको भन्दा बढी खर्च गर्न पाउने छैैनन् ।

यस्तो छ निर्वाचन आयोगले तोकेको उम्मेदवारले गर्न पाउने खर्च
-महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ
-महानगरपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्या सदस्यले बढीमा ३ लाख रुपैयाँ

-उपमहानगरपालिकामा मेयर र उपमेयरले बढीमा ५ लाख ५० हजार
-उपमहानगरपालिकामा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा २ लाख ५० हजार

-नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार
-नगरवपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा २ लाख

-गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार
-गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसंख्यक सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ।

जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्