Logo

पार्टीको निर्णय कार्यकर्ताले स्वीकार गरेको कांग्रेस प्रवक्ताको दाबी



काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्णयलाई कार्यकर्ताले स्वीकार गरेको बताएका छन् ।

निर्वाचन प्रचारप्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले अपबाद बाहेकका ठाउँमा तालमेल सफल भएको दाबी गरेका हुन् ।

कतिपय पालिकामा कांग्रेसका मतदाताहरुले अरुलाई किन मत दिने भन्ने भावना राखेको समेत जिकिर गरे ।

Photo : Mukunda kalikote

 



प्रतिक्रिया दिनुहोस्