काठमाडौं, १९ बैशाख । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पार्टीको उम्मेदवारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका दुई निवर्तमान वडाध्यक्षहरुको सदस्यता खारेज गरेको छ ।
कांग्रेसको विधान २०१७ को दफा ३४ (१) अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
कांग्रेसले राप्रपाबाट वडाध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तनमान वडाध्यक्ष रोशन अधिकारी र धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराईको सदस्यता खारेज गरेको हो ।